Saturday, January 5, 2013

Nepali students leveraging mobile technology to learn English

" सहरका विद्यालयले मोबाइल फोनमा प्रतिबन्ध लगाइरहँदा दैलेखका ग्रामीण विद्यालयमा त्यही मोबाइल भरपर्दो शैक्षिक सामग्री बनेको छ । पठनपाठनलाई प्रभावकारी बनाउन यहाँका अधिकांश विद्यालयले मोबाइल प्रयोग गर्छन् । केही विद्यालयले सुरु गरेको यो अभियानले सकारात्मक परिवर्तन देखाएपछि अन्य विद्यालयले पनि जेठदेखि मोबाइललाई शैक्षिक औजारका रूपमा प्रयोग गरिरहेका छन् । मोबाइल प्रयोगको ६ महिनामै विद्यार्धीको नतिजामा सुधार देखिएको छ ।
दैलेखका ५ सय १३ प्राथमिक विद्यालयका ५ सय २५ अंग्रेजी शिक्षकलाई मोबाइल फोन भरपर्दो पाठ्यसामग्री बनेको छ । कक्षा १ देखि ५ सम्मका अंग्रेजी विषयको पाठ्यवस्तु सबै अडियो (श्रव्य)मा राखिएकाले मोबाइलबाटै सुनाएर पढाइन्छ ।"

No comments: